मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।
सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा कायम थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ ०८ पैसा र बिक्रीमा १६७ रूपैयाँ ८३ पैसा पाइन्छ।
सोमबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ १९ पैसा र बिक्रीमा १६६ रूपैयाँ ९४ पैसा तोकिएको थियो।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०९ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा बढेको हो।
आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९० पैसा र बिक्रीमा १४३ रूपैयाँ ५४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ९५ पैसा र बिक्रीमा २८ रूपैयाँ ०८ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०२ पैसा तोकिएको छ।