साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घटेको छ।
नेप्से ०.३६ प्रतिशतले घटेर १९९८.९६ विन्दुमा बन्द भएको हो।
बिहीबारको बजारमा चार अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ८० करोड ४४ हजार ६०१ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६७ करोड रूपैयाँले कमी आएको हो।
यस दिन ३०८ वटा धितोपत्रको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन तीन लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।
पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६१५ रूपैयाँ कायम भएको छ।
यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ५.१० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४३३ रूपैयाँ ७० पैसामा झरेको छ।
बिहीबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ५६८ रूपैयाँ १० पैसामा २८ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७३४ रूपैयाँमा २१ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त र व्यापार समूहको परिसूचक घटेको भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढेको छ।