विश्व बैंकले नेपालको वित्तीय क्षेत्र सबलीकरणको लागि आठ करोड डलर (१० अर्ब ६८ करोड ६८ करोड रूपैयाँ) सहयोग गर्ने भएको छ।
विश्व बैंकको सञ्चालक समितिले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सबलीकरण, वित्तीय सेवामा विविधिकरण र वित्तीय पहुँच विस्तारको लागि यस्तो सहयोग गर्ने निर्णय पारित गरेको हो।
निजी क्षेत्रले डोर्याउने आर्थिक वृद्धिको लागि वित्तीय क्षेत्रको कार्य सम्पादनमा सुधार गर्ने उद्देश्यले यस्तो सहयोग दिन लागिएको हो।
बैंक तथा बीमा क्षेत्रको सुपरीवेक्षणको सबलीकरण गर्न, पुँजी, बीमा र विपत्तीबाट निम्तिने जोखिममा आवश्यक पर्ने वित्तीय उत्पादन निर्माण गर्न यो सहयोग प्रदान गरिन लागिएको हो।