मातातीर्थ औंशीको अवसरमा नबिल बैंकले सन्देशमूलक भिडियो बनाएको छ।
हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ बैंकले सो भिडिओ आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको छ।
विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडिओले औंल्याएको छ।
आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडिओमा देखाइएको छ।
त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि यो भिडिओमा देखाइएको बैंकको भनाइ छ।
दुई मिनेट ४५ सेकेन्डको छोटो भिडिओले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ।
यस भिडिओले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरूको घरको कथासँग मेल खाने बैंकले बताएको छ।
नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडिओ बनाउँदै आएको छ।
मातातीर्थ औंशीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी) प्रति कृतज्ञता व्यक्त गर्दै भिडिओको प्रशंसा गरिरहेका छन्।
यस्तो छ भिडिओ सन्देश: