ग्लोबल आइएमई बैंकले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो।
बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा दुई हजार पाँच सय, मधेश प्रदेशमा दुई हजार, बागमती प्रदेशमा पाँच हजार, गण्डकी प्रदेशमा चार हजार पाँच सय, लुम्बिनी प्रदेशमा तीन हजार पाँच सय, कर्णाली प्रदेशमा पाँच सय र सूदुरपश्चिम प्रदेशमा दुई पाँच सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो।
बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्न गइरहेको छ।
कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन्।