स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले नेपालको चेन स्टोर बिगमार्टमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ।
असार १७ देखि सुरू भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एक पटकमा १० प्रतिशत, अधिकतम एक सय रूपैयाँ छुट प्राप्त गर्नेछन्।
यो छुट पाउन एससिटी–युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ।
यो अफर असार ३१ गतेसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ।
एससिटीले यस अघि बिगमार्टमै एससिटी स्मार्ट वेइनस डे अफर दिँदै आएको थियो जसमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाएका थिए।
सो अफर अगस्टको पहिलो बुधबारदेखि पूर्ण सुरू हुनेछ।
यो छुट एससिटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले पाउनेछन्।