अब ब्रोकर कम्पनी मार्फत् हुने कारोबारको विवरण पनि सार्वजनिक रूपमा उपलब्ध हुने भएको छ।
नेप्सेले आफ्नो वेबसाइटमार्फत प्रकाशित गर्दै आएको मासिक तथा वार्षिक कारोबार प्रवेदनमा यस्तो जानकारी राखिने भएको हो।
‘अब यस्तो विवरणमा ब्रोकर (कारोबार सदस्य) अनुसारको खरिद तथा बिक्री रकम उपलब्ध हुने छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने।
नेप्सेले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१८२ को बार्षिक प्रतिवेदन अनुसार आठ ब्रोकर कम्पनीमार्फत् एक खर्बभन्दा धेरै रकमको सेयर किनबेच भएको छ।
सबैभन्दा धेरै नासा सेक्युरिटिज मार्फत् सेयर कारोबार भएको छ।
यो अवधिमा यस ब्रोकरमार्फत् दुई खर्ब ५८ अर्ब रूपैयाँको सेयर कारोबार भएको छ।