सोमबार बुद्ध एयरका प्राय उडान अवरुद्ध भएका थिए। सोही कारण यात्रुहरु अक्रोशित पनि भए। तर एयरलाइन्सले भने यात्रुहरुकै सुरक्षित उडानको लागि उडान स्थगित गर्नुपरेको बताएको छ।
'माघ १५ का दिन विराटनगर विमानस्थलमा २००० मिटरको मात्र भिजिबिलिटी थियो । तसर्थ सुरक्षाका दृष्टिकोणले बुध्द एयरका निर्धारित काठमाडौं–विराटनगर–काठमाण्डौका सबै उडानहरु रद्द भए' बुद्धद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ'वैकल्पिक विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थल हुस्सुको कारणले बन्द थियो भने नेपालगन्ज दिउँसो ३ बजेबाट रनवे मर्मत सम्भारका कारण सञ्चालनमा आएको थिएन।'
भौगोलिक बनावट, सानो धावनमार्ग, लगातार बदलिदो मौसम, प्राविधिक उपकरणको अभाव जस्ता चुनौतिपूर्ण अवस्थामा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार जहाजको उडान तथा मर्मतसम्भार कार्यहरुलाई अद्यावधिक गरिराखेको एयरको भनाइ छ।
जाडो मौसममा बाक्लो हुस्सु कुहिरो लागेको र मौसमले अप्रत्याशित रुपमा विमानस्थल बन्द हुनु अनुमान बाहिरको कुरा हो। जहाज उडानका लागि आवस्यक भिजिविलिटी नहुँदा उडानहरु विलम्वका साथै रद्द हुनु पनि स्वभाविक भएको बुद्ध एयरको भनाइ छ।