भारतको युनाइटेड स्प्रिटस् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स नेपाल प्रालिको पूर्ण स्वामित्व नेपाली व्यवसायीको हातमा आएको छ।
एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको कम्पनी उद्यमी राजेशवीर सिंह तुलाधारले हात पारेका छन्।
तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भइरहेको छ ।