नवलपरासीको हाइकुमा नयाँ बियर कम्पनी संचालनमा आएको छ। जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीले जर्मन वियर वार्सटाइन उत्पादन सुरु गरेको छ। यसैबीचमा फ्याक्टी म्यानेजर उदय विष्टसँग हामीले कुराकानी गरेका छौं -
जर्मन वियर नेपालमा उत्पादन सुरु गर्नुभयो, कस्तो महशुस भइरहेको छ ?नेपालमा जर्मनको वियर भित्र्याउन पाउदाँ कुनै खुसी लागिरहेको छ। हामीले वियर बजारमापनि पठाइसकेका छौं । जुन अपेक्षाले हामीले बियर उत्पादन सुरु गरेका थियौं।
ग्राहकहरु र डिलरहरुबाट एक दम राम्रो रेस्पोन्स आइरहेको छ। जर्मनको नम्बर वान वियर नेपाल भित्र्याएर आफ्ना ग्राहकहरुलाई त्यसको स्वाद दिने कुरामा खुसी हुनुको विकल्पै छैन् ।
तपाईँहरुकै इन्डष्ट्रिजले उत्पादन गरेको रुस्लान भोड्काले ब्राण्ड बनाइसक्यो, नयाँ वियर वार्सटाइनले पनि ब्राण्ड ले ला जस्तो लाग्छ ?यसमा कुनै दुइमत छैन् । हामीले अहिलेसम्म गरेका उत्पादनमा ग्राहक रमाएका छन् । नयाँ वियरको गुणस्तरमा कुनै संझौता हुने छैन् ।
अत्याधुनिक जर्मन फुल अटोमेटिक प्लान हामीसँग छ। अरुसँग त्यस्तो प्लान्ट कसैसँग छैन् ।
हामी गुणस्तरमा कसैसँग संझौता नगर्ने भएकाले ग्राहकहरुले यस वियरलाई मन नपराउने भन्ने कुरै छैन् । हेर्दै जानुस अवको ६ महिनादेखि १ वर्षमा नयाँ बियरले बजारको कति प्रतिशत ओगट्छ, त्यो पछि भन्ने कुरा हो ।
३ अर्ब ५० करोडभन्दा बढी लगानीमा उद्योग संचालनमा ल्याइएको छ। उत्पादन क्षमता कति छ ?राज ब्रुअरीले वर्षमा ६० हजार हेक्टोलिटर वियर उत्पादन गर्छ। यो निकै कम हो। हामी चाँडै अरु प्लान्ट थप्ने तयारीमा छौं ।
बियरको एक्सपायर डेट हुन्छ कि हुन्न ?वियरको एक्सपायर डेट किन नहुनु नि हुन्छ नि । उत्पादन मितिले एक वर्षसम्म वियर पिउन सकिन्छ। त्यसपछि भने एक्सपायर हुन्छ ।
एक वर्षमा वियर एक्सपायर हुने रैछ । उत्पादन भएको मितिले कहिलेसम्म वियर पिउँदा उत्तम हुन्छ त ?हामी त उत्पादन मितिले जतिसक्दो चाँडो वियर पिउँदा उत्तम हुन्छ भन्छौं । उत्पादन मितिले ६ महिनाभित्र वियर पिउदाँ निकै उत्तम मानिन्छ । त्यो नै वियरको बेष्ट टाइम हो ।
https://www.youtube.com/watch?time_continue=2&v=JPEH0WusKDs