नेपालमा आउने वैदेशिक लागनी घटिरहेका बेला प्रतिबद्धता पनि एकाउक घटेको छ। विदेशी लगानीकर्ताले नेपालमा उद्योग तथा फर्म खोलेर लगानी गर्छू भनेर गरिएको प्रतिबद्धता यो वर्षको चार महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा २७ प्रतिशतले घटेको उद्योग विभागले जानकारी दिएको छ।
विदेशी लगानी गर्ने भनिएर स्वीकृत भएर नयाँ दर्ताका उद्योगको विवरण राख्ने विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चौमासिकमा ६ अर्ब ४८ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। गत आव २०७४÷०७५ को सोही अवधिको तुलनामा यो २७ प्रतिशतले कम हो।
गत आव २०७४÷०७५ को पहिलो चौमासिकमा विभिन्न परियोजनामा ९ अर्ब ३७ लाख रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
उद्योग क्षेत्र कृषि तथा वन र उत्पादनमूलक उद्योगमा गत आव २०७४÷०७५ को तुलनाम क्रमशः ९६ र २९ प्रतिशतले प्रतिबद्धता रकम घटेको छ।
गत आव २०७४÷०७५ मा यी परियोजनमा क्रमशः १ अर्ब ८५ करोड र ५ अर्ब २६ करोड वैदेशिक लगानी प्रतिबद्धता आएकोमा चालु आवको सोही अवधिमा यी परियोजनामा क्रमशः ६ करोड ३५ लाख र १ अर्ब ५३ करोड रूपैयाँ वैदेशिक लगानी आएको विभागको तथ्याङ्कले देखाउँछ।
मुलकमा स्थिर राजनैतिक व्यवस्थाले वैदेशिक लगानीलाई सहज वातावरण हुने विश्वास गरिए पनि तत्कालै विदेशीलाई लगानी गर्न समस्या नै रहेको अर्थशास्त्री शंकर शर्मा बताउँछन्।
‘अझै पनि जग्गा, सरकारी दर्ता प्रक्रिया, इआइएको लगाएत बैङ्किङक प्रोसेस झञ्जट भएकाले ठुला उद्योग आउन सकेका छैनन्’ शर्माले भने। सरकारले नयाँ नीति र व्यवस्थाको तयारीमा रहेकोले लगानीकर्ता पर्खेर बसेको हुनसक्ने उनको भनाइ छ।
पहिलो चार महिनामा वैदेशिक लगानी प्रतिबद्धता गर्नेमा भारत सबैभन्दा अग्रस्थानमा छ। भारतले २ अर्ब रूपैयाँ प्रतिबद्धता गरेको छ। त्यसपछि चीन, सिङ्गापुर, फ्रान्स, जापान, नेदरल्याण्ड रहेको छ।
लगानी रकमको प्रतिबद्धता घटेपनि फर्मको संख्या भने यो वर्ष बढेको छ। अघिल्लो वर्ष १२६ फर्ममा लगानी प्रतिबद्धता आएपनि यो वर्ष बढेर १४५ पुगेको छ। अघिल्लो वर्ष ठुला जलविद्युत परियोजनामा लगानीप्रद्धिता आएकोले ठुलो रकम देखिएपनि अन्य क्षेत्रमा खासै प्रतिबद्धता फरक नपरेको विभागले जानकारी दिएको छ।
चार महिनाको वैदेशिक लगानी प्रतिबद्धता (रू.१० लाखमा)
क्षेत्र | आव २०७४÷०७५ | आव २०७५÷०७६ |
कृषि तथा वन | १८५० | ६३.५ |
निमार्ण | – | २४० |
सूचना प्रविधि | ७२.६ | १४३.१२ |
उत्पादनमूलक | ५२६५.८० | १५३४.५१ |
खनिज | – | १३.१६ |
सेवा | ८८७.९ | १२०३.८५ |
पर्यटन | ९१७.४ | ३२.८६ |
ऊर्जा | १० | – |
जम्मा | ९००३.७० | ६४८४.८९ |
स्रोतः उद्योग विभाग