आगामी साता हुने लगानी सम्मेलनमा सरकारले ४२ देशका लगानीकर्ताबाट ३० खर्ब भन्दा बढी लगानी आउने अपेक्षा गरेको छ।
चैत १५ र १६ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन विभिन्न मुलुकका मन्त्री तथा सरकारी प्रतिनिधि, लगानीकर्ता तथा दातृ निकायका प्रतिनिधिसमेत गरी ६ सय ५० जना सहभागी हुनेछन्।
म्यानमारका अर्थमन्त्री आउने निश्चित भइसकेको छ। त्यस्तै विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकलगायत दातृ निकायका उच्च पदाधिकारीसमेत आउने लगानी बोर्डका बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।
सरकारले वैदेशिक लगानी भित्राउन मुख्य ६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ। ऊर्जा, संचार तथा प्रविधि, पर्यटन, उद्योग , भौतिक पूर्वधार र कृषि तथा बन जस्ता ६ वटा क्षेत्रलाई उच्च प्राथमितामा राखेको हो।
त्यस्तै, माइक्रोसफ्ट, अमेजन, टर्कसेल, मिगा, सराफलगायत ग्रुपका प्रतिनिधि पनि सम्मेलनमा सहभागी हुनेछन् । यस्तै इण्डिया सेन्ट्रल इलेक्ट्रीसिटी अथ्योरीटीका सचिव, पावर चाइनाको जनरल म्यानेजर, सुमितुको जनरल म्यानेजर, इन्भेष्ट इण्डियाका सिइओलगायतका व्यक्ति आउने भएका छन्।
यु थाउङ टुन (म्यानमारका लगानी तथा विदेशी आर्थिक सम्बन्ध मन्त्री), हार्टविग सेफर (विश्व बैंकका उपाध्यक्ष), सिजिङ चेन (एडीबीका उपाध्यक्ष), डा. सहजद नासिम (मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष), एमजी जर्ज मुथुड (द मुथुड ग्रुपका अध्यक्ष), सनोजकुमार झा (केन्द्रीय विद्युत् विनियामक आयोग भारतका सचिव), सोङ डोङसेङ (पावर चाइनाका महाप्रबन्धक), चन्द्र बलानी (जियोग्राफिक इन्कुबेसन, अमाजन इन्टरनेसनल सर्भिस प्रालि इन्डियाका प्रमुख), मासाहिरो मियासिता (सुमितोमोका महाप्रबन्धक), सोनिया बासिर काबिर (बंगलादेश, नेपाल, भुटान, लाओस, माइक्रोसफ्ट एसिया प्यासेफिकका महाप्रबन्धक), सिजिङ सेन (एडिबीका उपाध्यक्ष), दीपक बग्ला (इन्भेस्ट इन्डियाका सिइओ) आउने भएका हुन्।
बोर्डले सम्मेलनमा ७१ वटा परियोजना सोकेस गर्ने भएको छ। ती मध्ये ऊर्जामा २४, पर्यटनमा १४, यातायातमा ११, कृषि ८, उद्योगमा ६, सहरीमा ७, शिक्षा तथा स्वास्थ्यमा ३ वटा परियोजना रहेका छन्। ती परियोजना ३४ अर्ब देखि ६९ अर्बसम्मका रहेको बोर्डले जानकारी दिएको छ।
बोर्डले खासगरी ठूला र रणनीति महत्वका पूर्वाधारमा लगानीका लागि आह्वान गर्ने छ । तयार पारिएका ५० परियोजनाको कुल लागत ३३ अर्ब ६४ करोड ६० लाख अमेरिकी डलर छ ।
सोकेस गरिने परियोजनामध्ये निजगढ, पश्चिम सेती, पूर्व पश्चिम रेलको भने फाइलन फिजिविलिटी अध्ययन भएको छ। भने अन्य परियोजनाको सामान्य अध्ययन भएको बोर्डले बताएको छ।
लगानी बोर्डका अनुसार सम्मेलनमा सहभागी हुन चीनबाट सबैभन्दा बढी २ सय ९ जना लगानीकर्ता नेपाल आउने भएका छन्।
यस्तै भारतबाट १ सय १०, म्यानमारबाट २८, जापानबाट २०, दक्षिण कोरियाबाट १५, ओमानबाट १३, अमेरिकाबाट ११, श्रीलंकाबाट १०, क्यानडा, बेलायत, मलेसिया र सिङ्गापुरबाट ९/९ जना र अन्य देशबाट ६५ जना सहभागी हुने छन्।
नेपालबाट भने ४९ जना लगानीकर्ता सहभागी हुने भएका छन्।
समूह छलफलका लागि ऊर्जा क्षेत्रको लगानीको विषयमा ऊर्जा मन्त्री बर्षमान पुन‘अनन्त’, ऊर्जा मन्त्रालयका बरिष्ठ इन्जीनियर सागरराज गौतम, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विद्युत नियमन आयोगका सचिव सनोजकुमार झा, पावर चाइनका महाप्रवन्धक सोङ डोनशेङ र उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान रहेका छन्।
त्यस्तै सूचना तथा सञ्चार प्रविधितर्फ संञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्र, अमेजन इन्टरनेट सर्भिस भारतका विभागीय प्रमुख चन्द्र बलानी, इन्सेसान्ट रेन स्टुडियोका प्रमुख कार्यकारी अधिकृत किरणभक्त जोशी, सुमितोमोका महाप्रवन्धक मासाहिरो मियासिता, माइक्रोसफ्ट एसिया प्यासिफिकका प्रवन्ध निर्देशक सोनिया बशीर कबिर र सफल पार्टनरका प्रवन्ध निर्देशक आशुतोष तिवारी रहेका छन्।
पर्यटनतर्फ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशी, मकाउ विश्वविद्यालयका सहप्राध्यापक ग्लेन म्याक्कार्थी, सिल्भर हेरिटेज ग्रुपका सीईओ माइक बोलसोभर, कतार एयरवजका कन्ट्री डाइरेक्टर मोहम्मद एल इमाम र द्धारिकाज ग्रुपका प्रवन्ध निर्देशक सङ्गीता श्रेष्ठ छन्।
उद्योगमा तर्फ उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव, उद्योग सचिव यमकुमारी खतिवडा, सुर्य नेपालका प्रवन्ध निर्देशक अभिमन्यु पोद्दार, गोल्छा ग्रुपका कार्यकारी निर्देशक शेखर गोल्छा, ह्वासिन सिमेन्टका उपाध्यक्ष शु गाङ र पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ छन्।
भौतिक पूर्वधार तर्फ भौतिक, पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भौतिक पूर्वधार सहसचिव गोपालप्रसाद सिग्देल, इन्फ्रास्ट्रक्चर ÷ इनर्जीका निर्देशक एन्ड्रिस क्रिमर , विश्व बैंकका लिड ट्रान्सपोर्ट विशेषज्ञ अर्णव बन्दोपाध्याय, कोडाका महासचिव एचई झेनवेई, शराफ ग्रुपका महासचिव सालाह शरफ, चाइन रेलवे इन्टरनेशनल ग्रुपका उपमहाप्रवन्धक वाङ लिजी र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित छन्।
बन तथा कृषि तर्फ कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणि खनाल बलदेव, कृषिका सहसचिव योगेन्द्रकुमार कार्की, सार्क डाबर इण्डियाका विजनेश हेड हरकिरत सिंह बेदी, हेस्टर वायोसाइन्सका प्रमुख कार्यकारी अधिकृत राजीव गान्धी, नेस्टल इन्डियाका बरिष्ट उपाध्यक्ष सञ्जय खजुरिया, चाइन हर्वल मेडिसिन महासचिव वान बाइग्याङ र गोल्यान ग्रुपका पवनकुमार गोल्यान छन्।