सिमरा विशेष आर्थिक क्षेत्र ९सेज० अन्तर्गतको गार्मेन्ट प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ।
निमार्ण कार्य सुरू गरेको साढे दुई वर्षको अवधिमा गार्मेन्ट प्रशोधन केन्द्र सम्पन्न भएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले जानकारी दिए।
भैरहवा सेजको तुलनामा सिमरा सेज छिटै सञ्चालनमा आएको भट्ट बताउँछन्। ‘साढे दुई वर्षको अवधिमा गार्मेन्ट प्रशोधन केन्द्र सम्पन्न भएको छ’, उनले भने, ‘यही काम सक्न भैरहवा विशेष आर्थिक क्षेत्रलाई १०र१२ वर्ष लागेको थियो। ’
गार्मेन्ट प्रशोधन केन्द्रको भवन निर्माण भई उद्योगीलाई उद्योग सञ्चालनका लागि सूचना समेत आह्वान गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक भटट्ले सेतोपाटीलाई बताए।
‘प्रशोधन केन्द्र भित्र जग्गा कित्ताकाट, ढल, पानी, बाटो लगायत उद्योग सञ्चालनका लागि आवश्यक कार्य सकिसकेको छ। विद्युत्तको लागि भने विद्युत्त प्राधिकरणलाई जिम्मा दिएका छांै’, भट्टले सेतोपाटीसँग भने।
प्रशोधन केन्द्रमा जुन उद्योगले बढी लगानी, निर्यात र रोजगार सिर्जना गर्छ त्यस्ता उद्योगलाई बढी प्राथमिकता दिइने छ। उद्योगीले आफ्नो उद्योगको सम्पुर्ण विवरण जस्तैः उद्योगको प्रकृति, लगानी, रोजगार निर्यात गर्न सक्ने क्षमता खुलाएर उद्योग सञ्चालनका लागि आवेदन दिनेछन्।
उनका अनुसार अमेरीकाले नेपालमा बनेका गार्मेन्टलाई १० वर्षसम्म भन्सार छृटको सुविधा दिएको छ। त्यो सुविधा प्रयोगको लागि गार्मेन्ट प्रशोधन केन्द्र निमार्ण गरिएको हो।
सिमरा सेजको करिब ८ सय ३३ विगा जग्गामध्ये १ सय ६३ विगा जग्गामा गार्मेन्ट प्रशोधन केन्द्र सञ्चालन हुने भएको हो।
गार्मेन्ट प्रशोधन केन्द्र साढे दुई अर्बको लगानीमा सम्पन्न भएको छ। यसमा ६८ वटा प्लट निमार्ण गरिएको छ। यी सबै प्लटमा शुद्ध गार्मेन्ट उद्योग मात्र रहने प्राधिकरणले जानकारी दिएको छ। बाँकी ६ सय ७० विगा जग्गामा भने कस्तो उद्योग सञ्चालन गर्ने भनेर छलफल भइरहेको निर्देशक भट्टले जानकारी दिए।
यस विशेष आर्थिक क्षेत्र भित्र प्रशासनिक भवन, सेवा भवन, बैङ्क, इन्स्योरेन्स, उद्योगलाई आवश्यक पर्ने बत्तिको, पानी र आन्तरिक बाटोको सुविधा हुनेछ। त्यसका साथै उद्योगीलाई एकद्वार प्रणालीबाट सेवा सुविधा दिइनेछ। उद्योगमा काम गर्ने श्रमिकका बच्चाहरूलाई राख्ने ठाउँको समेत व्यवस्था सो सेजमा रहेको छ।
विशेष आर्थिक क्षेत्र भित्र सञ्चालित उद्योगहरूले आफ्नो उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था रहेको छ।
यसका साथै पाचँखाल विशेष आर्थिक क्षेत्रको रूख कटान कार्य सुरू भइसकेको छ। यो आर्थिक वर्षबाट पूर्वाधार निमार्णको कार्य सुरू हुने छ। त्यसका लागि व्यवसायीसँग सम्झौता भइसकेको प्राधिकरणले बताएको छ।