भारतले नेपालको जलविद्युतमा राम्रै लगानी गरिरहेको र यसले नेपाल र भारत दुवैलाई फाइदा पुगेको नेपालका लागि भारतका पूर्व राजदूत मञ्जिव पुरीले बताए।
भारतको नयाँ दिल्लीमा चलिरहेको भारत नेपाल आर्थिक सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले अरुण तेस्रो सतलजको काम राम्रैसँग अगाडि बढेको पनि स्मरण गरे।
नेपालमा मात्रै होइन भारतमा समेत नेपाली व्यवसायीहरूले राम्रो गरिरहेको उनको भनाइ छ। वाह म:मको उदाहरण दिँदै उनले यस्तो बताएका हुन्।
त्यस्तै, सम्मेलनमा काठमाडौं विश्व विद्यालयका सहप्रधाध्यापक उद्धव प्याकुरेलले भारतले सीमा क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले मात्रै हेरिरहेको र नेपालले राजस्व वा भन्सारको लागि मात्र हेरिरहेको बताए।
अहिले पनि नेपालबाट भारत निर्यात हुने सुपारी वा केराउ निर्यातलाई भारतले अवैध मानिरहेको उनले बताए।
काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतीय संस्था इग्रो फाउण्डेसनको संयुक्त आयोजनामा यो सम्मेलन चलिरहेको हो।