सरकारले सर्वसाधारणमा बैंक पहुँच विस्तार गरेको जनाएको छ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सबै स्थानीय तहमा बैंक शाखा पुगेको जानकारी गराएका छन्।
आर्थिक सर्वेक्षण अनुसार हरेक २५ हजार २७ जनसंख्या बराबर एक बैंक शाखा पुगेको छ।
बीमा पहुँचमा पनि सुधार आएको जनाइएको छ। अहिले ४१.६ प्रतिशत जनसंख्याले जीवन बीमा गरेको सर्वेक्षणमा उल्लेख छ।