सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर (प्राडा) प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्षमा नियुक्ति दिएको हो।
श्रेष्ठ ओली सरकारको पालामा आयोगका सदस्य भएका थिए। उनी राष्ट्र बैंकको कार्यकारी निर्देशक रहँदा काजमा आयोगका सदस्य नियुक्त भएका थिए।
अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठको नाम गभर्नरका रूपमा समेत प्रस्ताव हुने सम्भावना भएपछि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए।
उनले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
त्यस्तै अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्।
श्रेष्ठले मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन्।