कुवेतस्थित नेपाली दुतावासले ३ दिन भित्र नेपाली कामदार रोजगारदाता कम्पनीको मागपत्र प्रमाणिकरण गर्ने भएको छ।
कुवेतमा रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङसँग भएको छलफलमा राजदुत यज्ञबहादुर हमालले रोजगारदाता कम्पनीको मागपत्र बढीमा ३ दिनभित्र प्रमाणिकरण गर्ने बताएका हुन्।
मागपत्र प्रमाणिकरण गर्ने सम्बन्धि कागजात पुरा भएको कम्पनीको ३ दिनभित्र प्रमाणिकरण गर्ने हमालले बताए। दुताबासबाट प्रमाणिकरण भएका मागपत्र हरेक हप्ता विहीबार तथा सम्भव भए हरेक दिन दुतावासको वेभसाइटमा राख्ने पनि राजदुत हमालले प्रतिबद्धता जनाएको गुरुङले बताए।
कुवेतमा एजेन्ट हटाउन सम्बन्धित कम्पनीको जिम्मेवार ब्यक्ति मागपत्र प्रमाणिकरणका लागि आउनुपर्ने, एउटै ब्यक्तिले फरक फरक मागपत्र ल्याए प्रमाणिकरण नगर्ने विषयमा पनि राजदुत सकरात्मक रहेको गुरुङले बताए।
छलफलमा गुरुङले कामदारले पाउनु पर्ने न्युनतम तलव कुवेतसँग छलफल गरेर तोक्न आग्रह पनि गरेका छन्। विगतमा राजदुत तलव तोक्ने गरेको कारण त्यस क्षेत्र नै अब्यस्थित भएका उनले बताए।
साथै कुबेतको लगि साउदी ,बहराइन, ओमनजस्तै गाम्का मेडिकल चहिने बारे कुबेत सरकारबाट कुनै पत्र प्राप्त नभएको राजदुत हमालले बताए।