रंगेली नगरपालिकाले विभिन्न विषयमा करार सेवाका लागि शिक्षक माग गरेको छ।
पालिकाले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि नेपाली, अंग्रेजी र विज्ञान विषयमा एक/एक जना शिक्षक माग गरेको हाे।
नगरपालिकाको साउन ६ गतेको निर्णय अनुसार यस नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा विभिन्न तहका शिक्षक दरवन्दी, शिक्षण सहयोगीको तथा बालविकास सहजकर्ता पद रिक्त रहेकोले अर्को व्यवस्था नभएसम्मको लागि करार सेवामा पदपूर्ति गर्न लागेकाे हाे।
