सामसङले नेपाली बजारमा आफ्नो 'ए सिरिज' अन्तर्गतको ग्यालेक्सी ए-५२ स्मार्टफोन सार्वजनिक गरिसकेको छ। मध्यम रेन्ज मूल्यको यो फोन ग्राहकले निकै रूचाएको कम्पनीले बताएको छ।
आकर्षक डिजाइनको ग्यालेक्सी ए-५२ मा ६.५ इन्चको डिस्प्ले छ। जम्मा १८९ ग्राम तौल र ८.४ एमएम मोटाइ भएकाले यो फोन निकै हलुका र हातमा सजिलै अटाउन सकिन्छ।
सामसङ ग्यालेक्सी ए-५२ चार विभिन्न रङमा उपलब्ध छ, असम ब्ल्याक, असम भायोलेट, असम ब्लु र असम ह्वाइट। ग्यालेक्सी ए-५२ विभिन्न रिफ्रेसनिङ रङमा उपलब्ध हुनु यो फोनको पहिलो राम्रो विशेषताभन्दा फरक पर्दैन।
यो फोनमा क्वाड क्यामरा, अर्थात् चार वटा क्यामरा छ। अनि दुइटा सिम हाल्न मिल्छ। सिम-ट्रेमै मेमोरी कार्ड राख्ने ठाउँ पनि छ। यसमा ३.५ एमएमको हेडफोन लाग्छ भने टाइप-सी चार्जिङ पोर्ट छ।
फोनमा निकै स्मुथ स्क्रोलिङ र रिफ्रेस रेट छ। यसमा भएको सुपर एमोलेड डिस्प्लेले अन्य डिस्प्लेको तुलनामा कम पावर खपत गर्छ। पिक्चर क्वालिटी पनि स्पस्ट हुन्छ।
फोनमा मोसन स्मुथनेस, आइ कम्फर्ट सिल्ड, कलर टेम्परेचर, डार्क मोड जस्ता विकल्प छन्। जसले गर्दा आफूलाई सहज हुनेगरी फोन चलाउन सकिन्छ।
ग्यालेक्सी ए-५२ मा ६४ मेगापिक्सलको मुख्य क्यामरा, १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामरा, ५ मेगापिक्सलको माइक्रो क्यामरा र ५ मेगापिक्सलको डेफ्थ सेन्सर क्यामरा छ। विभिन्न फिचरसहितका यी क्यामरा लेन्स प्रयोग गरेर गुणस्तरीय, ठूलो एंगलमा स्पष्ट फोटो तथा भिडिओ खिच्न सकिन्छ।
फोनको प्रमुख क्यामरामा अप्टिकल इमेज स्टेबलाइजर पनि छ। जसले गर्दा भिडिओहरू राम्रो आउनुको साथै कम प्रकाशमा पनि उज्यालो फोटो र भिडिओ खिच्न सकिन्छ।
ग्यालेक्सी-५२ मा डिस्प्लेको माथिल्लो भागमा ३२ मेगापिक्सलको सेल्फी क्यामेरा छ।
फोनमा ४ हजार ५ सय एमएएचको ब्याट्री पावर छ। कम्पनीले दावी गरेअनुसार एकपटक फोन चार्ज गरेपछि दिनभर आरामले टिक्छ। राम्रो ब्याट्री क्षमतासँगै यसमा स्न्यापड्र्यागन ७२०–जी प्रोसेसर प्रयोग भएको छ।
ग्यालेक्सी ए–५२ मा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज छ। मेमोरी कार्ड हालेर स्टोरेज एक टिबीसम्म बढाउन सकिन्छ। आफ्ना फोटा र भिडिओहरू तपाईंले मजाले फोनमै साँचेर राख्न सक्नुहुनेछ।
सामसङले ग्यालेक्सी ए–५२ मा डस्ट र वाटर रेजिस्सटेन्ट फिचर पनि समावेश छ। कम्पनीले गरेको दावी अनुसार यो फोनलाई एक मिटर गहिरो पानीमा ३० मिनेटसम्म राख्दा पनि केही हुँदैन।
फोनमा भएका विवरण सुरक्षाका लागि लक, प्याटर्न, पिन कोडसँगै फिंगर सेन्सर र फेस रिकग्निसनको सुविधा पनि छ।
यो फोनमा थिम अप्सन पनि थुप्रै छ। वालपेपर थिमबाहेक फोन कलको थिम र ब्याकग्राउन्ड पनि राख्न मिल्छ। कल ब्याकग्राउन्ड अप्सनमा गएर कल आउँदा भिडिओ ब्याकग्राउन्ड सेट गर्न सकिन्छ।
यो फोनको अर्को राम्रो फिचर भनेको यसको अडप्ट साउन्ड अप्सन हो। यसबाट फोन प्रयोगकर्ताले उमेरअनुसार आफूलाई अनुकूल लाग्ने साउन्ड फ्रिक्वेन्सी चयन गर्न सकिन्छ।
ग्यालेक्सी ए-५२ को अर्को मुख्य विशेषता भनेको यो फाइभजी नेटवर्कको फोन हो।
अहिले कम्पनीले सामसङ ग्यालेक्सी ए-५२ को नेपाली बजार मूल्य ४१ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ।