सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण हुन आएका पाँच वटा र सूचीकरणको क्रममा रहेका दुई वटा बाहेक अन्य सबै सामाजिक सञ्जाल बन्द गर्ने बताएको छ।
बिहीबार मन्त्रालयमा बसेको बैठकले सामाजिक सञ्जाल बन्द गर्न भनेर नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन गरेको हो।
त्यस निर्णय अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले भने २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेको छ।
सरकारले सर्वोच्च अदालतले गरेको फैसलालाई उदृत गर्दै सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो।
यी हुन् बन्द हुने सामाजिक सञ्जाल:
१.फेसबुक
२.मेसेन्जर
३.इन्स्टाग्राम
४.युट्युब
५.ह्वाट्सएप
६.ट्विटर
७.लिंक्डइन
८.स्न्यापच्याट
९.रेडिट
१०..डिस्कर्ड
११.पिनइन्ट्रेस्ट
१२.सिग्नल
१३.थ्रेड्स
१४.विच्याट
१५.कोरा
१६.टम्ब्लर
१७.क्लबहाउस
१८.मास्टडोन
१९.रम्बल
२०.मिवी
२१.भिके
२२.लाइन
२३.इमो
२४.जालो
२५.हाम्रोपात्रो
२६.सोल