नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला एक लाख ९२ हजार एक सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार दुई सय २० रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।