काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ वर्ष २०७५ को शुभकामना सहित अघिल्ला वर्षहरुमा झैं यस वर्षपनि बिशेष स्वास्थ्य परिक्षण प्याकेज अघि सारेको छ ।
नयाँ बर्षको अवसरमा यस बर्ष अघि सारिएका तिन किसिमका प्याकेज मध्ये पहिलो प्याकेज कार्डियाक प्याकेज अन्तर्गत मात्र रु. २०७५/- मा मुटु परिक्षण अन्तर्गत इसिजि, एको, सिबिसि, ब्लड सुगर (फास्टिङ), सोडियम, पोटासियम, क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, चेष्ट एक्स-रे तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।
त्यसैगरी, दोश्रो प्याकेज अर्थो प्याकेज रहेको छ । जस अन्तर्गत मात्र रु. २०७५/- मा हाडजोर्नी सम्बन्धि परिक्षणहरु बिएमडी - बोन मिनरल डेन्सिटोमेट्री,क्याल्सियम, युरिक एसिड तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।
र तेश्रो प्याकेज डायबेटिज प्याकेज रहेको छ । जस अन्तर्गत मात्र रु. २०७५/- मा मधुमेह सँग समबन्धित जाँचहरु ब्लड सुगर (फास्टिङ) ब्लड सुगर (पिपि), क्रियाटिनिन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजि, आइ कन्सल्टेसन, डेन्टल कन्सल्टेशन तथा डाक्टर सँगको कन्सल्टेशन समाबेश गरिएको छ ।
प्याकेज अफर अवधिभर अतिरिक्त परिक्षणका रुपमा भिटामिन डि तथा एचबिएवनसी परिक्षण शुल्कमा ५०% छुट प्रदान गरिने छ ।
यो नयाँबर्ष बिशेष स्वास्थ्य परिक्षण प्याकेज अफर २०७५ बैशाख २ गतेदेखि लागू हुनेछ ।