भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमि सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ।
२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम बजेट पर्याप्त नहुँदा ३० प्रतिशत काम बाँकी रहेकोले हाल सो बाँकी काम सक्नका लागि काम भाई रहेको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ।
सुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो।
तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मंसिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो। थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ।
मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा यसरी ढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन् भने व्यापार व्यवसाय चौपट भएको व्यवसायी गुनासो गर्छन्।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।