नेपाल विद्युत प्राधिकरणले १९ हजार दुई सय ३२ जना ग्राहकको लाइन काटिदिएको छ।
प्राधिकरणले विद्युत महसुल नतिरेको भन्दै ती ग्राहकको लाइन काटेको हो।
उक्त ग्राहकबाट प्राधिकरणले ७२ करोड ३१ लाख रूपैयाँ उठाउन बाँकी छ।
त्यस्तै, पुस महिनामा प्राधिकरणले १४ हजार एक सय ११ जना ग्राहकको लाइन जोडिदिएको छ। उक्त ग्राहकबाट प्राधिकरणले २२ करोड ८४ हजार रूपैयाँ असुल गरेको छ।