इसेवाले दशैँ तिहार तथा छठको अवसरमा सार्वजनिक गरेको ‘उत्सवको वहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका विजेतालाई पुरस्कार प्रदान गरिएको छ।
बम्पर उपहार विजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको (एफ जेड एस एफ आइ भि थ्रि) मोटरसाइकल प्रदान गरिएको हो।
अर्को बम्पर उपहार विजेता काठमाडौं रामकोटका किरण घलेलाई एक साताको लागि ‘एक जोडिलाई दुवई ट्रिपको प्याकेज’ हस्तान्तरण गरिएको छ।
इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न उपहार जितेका छन्।
६ हप्तासम्म सञ्चालन भएको योजनामा हरेक हप्ता ५८ जनाले विभिन्न उपहार जित्न सफल भएका थिए।
उक्त उपहार योजनामा केफसीको उपहार कुपन प्रत्येक साता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जिते। यसैगरी, उपहार योजनाभरी युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जिते।
त्यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जिते। यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित।
सिजिका टेलिभिजन ६ जनाले, भायोनेट इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए।
असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत् कारोबार गर्ने उक्त योजनामा सहभागी भएका थिए।