सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई पाँच लाख रकम सहयोग गरेको छ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाएको 'कोष स्थापना र सञ्चालन कार्य व्यवस्था नियमावली २०५५' अन्तर्गत विसं २०३९ सालदेखि सञ्चालित राष्ट्रिय अपाङ्ग कोषले देशभर रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न मद्दत गर्छ।
यो चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित सञ्चालित कोष हो।
राष्ट्रिय अपाङ्ग कोषले वार्षिक एक हजार पाँच सय अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री, जस्तै कृत्रिम हात-खुट्टा, क्यालिफर, वैसाखी, सेतो छडी, वाकिङ स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पुर्याउने उदेश्यले कोषलाई उक्त रकम सहयोग गरेको हो।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।