नगपालिकाको जनसंख्या ६६.२ प्रतिशत पुगेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ अन्तर्गत नगरपालिका तथा गाउँपालिका स्तरीय नतिजा सार्वजनिक गर्दै नगरपालिकामा संख्या बढी देखिएको हो।
विगतमा शहरी जनसंख्या र गाउँको जनसंख्या भनेर विभाजन गरिएकोमा यो पटक नगरलाई शहरी जनसंख्या र गाउँपालिकालाई गाउँको जनसंख्यामा विभाजन गरिएको तथ्यांक कार्यालयले जनाएको छ।
गाउँमा २० वर्ष मुनि र ६० वर्ष माथीको जनसंख्या बढी देखिएको छ।
समग्र देशभरका ४६० गाउँपालिकामा ३३.८ प्रतिशत जनसंख्या रहेको छ।
तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी नेविनलाल श्रेष्ठले क्रमिक रुपमा जातजाती, भाषा, धर्मको विषयमा तथ्यांक सार्वजनिक गर्ने बताए।