पेट्रोलियम तथा ग्यास सम्बधी नेपाल भारत संयुक्त कार्य समूहको चौथो बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्ने लगायतका अन्य विविध विषयमा छलफल भएको थियो।
बैठकको नेतृत्व नेपालको तर्फबाट मन्त्रालयका सह–सचिव राधिकार अर्याल तथा भारतको तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईशा श्रीवास्तवले गरका थिए।