छाला हेरचाह र सौन्दर्य शास्त्र सेवाको अग्रणी प्रदायक कम्पनी लेट मी इन कोरियाली छाला अस्पतालले काठमाडौंको महाराजगञ्जमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ।
नयाँ शाखाको औपचारिक उद्घाटन बिहीबार सांसद प्रदीप पौडेल, अभिनेत्री वर्षा राउत र कोरियाली संघका अध्यक्ष इओम जिन योङले गरेका हुन्।
कार्यक्रममा लेट मी इनका प्रबन्ध निर्देशक मा डोङ सु, अध्यक्ष ली मिन क्युङ र प्रख्यात छाला विशषेज्ञ डा. प्रमेश कोइरालाको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरूलाई नयाँ शाखाको भ्रमण र छाला हेरचाह उपचार, र सौन्दर्य उत्पादनहरू लगायतका विभिन्न सेवाहरू बारे जानकारी दिइएको छ।
'हामी महाराजगञ्जमा हाम्रो नयाँ शाखा खोल्न पाउँदा र काठमाडौंका जनतालाई उच्च गुणस्तरको सौन्दर्य र छाला हेरचाह सेवाहरू प्रदान गर्न पाउँदा हर्षित छौँ', लेट मी इनका अध्यक्ष ली मिन क्युङले भनिन्।
ग्राहकहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको समेत उनले बताइन्।