प्रिमियर इन्टरनेशनल (नेपालको पहिलो आइबी कन्टिन्युम स्कुल) ले स्कुल प्रशासकहरूको लागि आइबी ओरिएन्टेशन सेमिनार सफलतापूर्वक आयोजना गरको छ।
अन्तर्राष्ट्रिय स्नातक (आइबी) को समन्वयमा आयोजित यस सेमिनारमा नेपालभरका विद्यालय प्रमुखहरूलाई एकसाथ ल्याएर आइबी कार्यक्रम र विद्यार्थीहरूका लागि यसका फाइदाहरूको बारे जानकारी दिइएको थियो।
सेमिनारको मुख्य सम्बोधन सिगांपुरबाट आइबीका क्षेत्रीय प्रमुख महेश बालकृष्णले गरेका थिए।
उनले आफ्नो सम्बोधनमा आइबीको आदर्श र यस अन्तर्गत उपलब्ध विभिन्न कार्यक्रमहरूको अवलोकन प्रदान गर्दै यि कार्यक्रमहरूमा भर्ना भएका विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।
विद्यालयले आइबी पाठ्यक्रमका धेरै फाइदाहरू जस्तै आलोचनात्मक सोच, रचनात्मकता, सञ्चार र सहकार्यमा प्राथमिकता दिनुका साथै अन्तर्राष्ट्रिय विचारशीलता र समुदायको सेवामा जोड दिएको छ।
प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्युम स्कुलका प्रिन्सिपल, निलाद्री शेखर परियालले भने 'हामी नेपालको एक मात्र आइबी कन्टिन्युम स्कुल भएकोमा गर्व गर्छौं र यसका कार्यक्रमहरूले हाम्रा विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यक्तिगत वृद्धि र आत्म–जागरूकतामा पारेको सकारात्मक प्रभाव प्रत्यक्ष देखेका छौं।'
सन् २०१४ मा पहिलो पिवाइपी कार्यक्रम सुरू भएदेखि नै प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्युम स्कुल नेपालमा आइबी कार्यक्रम प्रदान गर्न अग्रपंक्तिमा रहेको छ।