ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा अष्ट्रेलिया भिसा आवेदनका लागि आवश्यक स्वास्थ्य परीक्षण सेवा सुरू गरिएको छ।
अष्ट्रेलिया भिसा स्क्रिनिङ स्वास्थ्य जाँच गराउन आवश्यक मापदण्ड पूरा गरी अस्पतालले यसै महिनाबाट सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा दिन मेडिसिटी अन्तर्राष्ट्रिय मेडिकल एक्जामिनेसन क्लिनिक सुरू गरेको हो।
अस्पताल प्रशासनका अनुसार भिसा आवेदन प्रक्रियामा रहेका आवेदकले अस्पतालको आधिकारिक वेबसाइट http://nepalmediciti.com मा गई इमिग्रेसन मेडिकल इक्जामिनेसन फारम भर्न सक्नेछन्।
सेवाग्राहीले शुल्क भुक्तानी गर्न फारम भर्ने क्रममा अनलाइन वा क्लिनिकमै गएर नगद, डेबिट\क्रेडिट कार्ड वा फोनपेमार्फत भुक्तानी गर्न सक्नेछन्।
यसअघि यो परीक्षण नर्भिक अस्पताल र इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसनमा मात्र हुने गर्थ्यो।