काठमाडौंको भृकुटीमण्डपमा छैटौं चेम्बर एक्स्पो जारी छ।
जेठ ८ गतेसम्म चल्ने एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकका एक सय ५० बढी स्टल छन्।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरू, घरेलु तथा खाद्यान्नका सामग्री, जडिबुटी, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुहरू प्रर्दशनीमा राखिएको छ।
मेलाको करिब डेढ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
तस्बिरहरू: