प्रधानाध्यापक छनोट गर्दा खुला प्रतिस्पर्धाबाट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने भएको छ।
सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन्।
शैक्षिक योग्यता पुगेका आधारभूत तहका शिक्षकलाई माथिल्लो तहमा रिक्त पदमा समायोजन र स्तरोन्नती गरिने भएको छ।
अध्यापन अनुमति पत्रको परीक्षामा जुनै विषय अध्ययन गरेका व्यक्ति सहभागी हुन पाउने व्यवस्था गरिने अर्थमन्त्री महतले बताए।