सरकारले स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै विद्यालय तहका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिन उक्त रकम विनियोजन गरेको बताएका हुन्।
यसबाट करिब १० लाख छात्रा लाभान्वित हुनेछन्।