इन्स्च्यिुड अफ एड्भान्स कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आइएसिइआर)ले बैंकिङ विषयको पढाइमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ।
आइएसिइआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘इन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरूसँग अन्तर्क्रिया गरेको हो।
कार्यक्रममा बैंकिङ विषयको अध्यापनमा बोलीचाली, लेखनसीप, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतलाई समेटेर पाठ्यक्रम तयाार गर्नेबारे छलफल भएको थियो।
कार्यक्रममा अमेरिकास्थित वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुती दिएकी थिइन्।
उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताइन्।
‘भाषा व्याकरण र शब्दभण्डार मात्र होइन। भाषा सगसँगै समाज र संस्कृति जोडिएर आँउछ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय सम्पर्क माध्यमको रूपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानूकुल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ।’
कार्यक्रममा प्राध्यापकह डा. शितल ग्रीन दाहालले बैंकिङ कारोबार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुती दिएका थिए।
त्यस्तै आइएसिइआरका प्रमुख कृष्णप्रसाद निरौला, एडिबी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेल लगायतको सहभागीता थियो।