प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमणका क्रममा नेपाल–भारत संयुक्त विजनेश फोरम बैठक पनि गरिएको छ।
बिहीबार गरिएको बैठकमा सात बुँदे सुझाव सरकार प्रतिनिधिलाई दिइएको हो।
बैठकमा दुई देशबीच व्यापार अभिवृद्धि गर्ने सुझाव दिइएको नेपालको तर्फबाट बैठकको नेतृत्व गरेकी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जानकारी गराएकी छन्।
दुई देशका सरकार प्रमुखहरूसँगै रहेको समयमा दिइएका सुझाव प्रभावकारी हुने उनको भनाइ छ।
बैठकमा नेपालकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासघंका पूर्व अध्यक्ष सुरज वैद्य, निवर्तमान अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले सहभागिता जनाएका थिए।