'ग्लोकल टिन हिरो नेपाल २०२३' को नवौं संस्करणको लागि आवेदन खुल्ला गरिएको छ।
किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने गोल्छा ग्रुपद्वारा प्रस्तुत 'ग्लोकल टिन हिरो नेपाल २०२३' सेप्टेम्बर १, मा हुने बताइएको छ।
‘ग्लोकल टिन हिरोे नेपाल’ शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
उक्त कार्यक्रम फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोगामि, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरू लगायत विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिले वेबसाइट मार्फत निःशुल्क आवेदन भर्न सक्ने व्यवस्था रहेको छ।
कार्यक्रमा पूर्वदेखि पश्चिमसम्म नेपालका विभिन्न ६२ सहरहरूमा किशोरकिशोरीसँग अन्तर्क्रिया गरिने बताइएको छ।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणमा कुल आवेदनहरूको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २० अन्डर २० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२३ को बिजेता घोषणा गरिनेछ।
त्यसैगरी, हालसम्म दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा सुरू गरिएको थियो।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिने आयोजकले बताएको छ।