नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले 'जुन ५' तारिखलाई द्विपक्षीय व्यापार बैठक–एनआइसिसिआई दिवस २०२३ को घोषणा गरिएको छ।
यस अवसरमा पहिलो संस्करणको न्युजलेटर अनावरण गरिएको थियो।
उक्त कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआइसिसिआइको प्रतिबद्धतालाई जनाउने बताइएको छ।
इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए।
एनआइसिसिआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार 'एनआइसिसिआई दिवस २०२३' ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर प्रदान गरेको छ।
यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ।
बैठकमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एनआइसिसिआईका अध्यक्ष संजय अग्रवाललाई बधाई ज्ञापनका साथै पहिलो संस्करणको न्युजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन्।