नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायण प्रसाद सापकोटाले लेखेका उपन्यास सेयरपुरको विमर्श कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफू पनि नेपालमा बिरक्त लागेर विदेश २० वर्ष बसेर पुनः नेपालमा आएको बताए।
नेपालको सेयर बजार सानो र फोहोर रहेको भन्दै बजारलाई पारदर्शी बनाउन प्रतिस्पर्धामा जान लागेको बताए। केही व्यापारीको अनुहार हेरेर ऐन बनेको भन्दै अब प्रतिस्पर्धामा जान आवश्यक रहेको हमालको भनाइ छ।
विश्व बजारमा पत्रकारले लगानी गर्यो भने त्यो क्षेत्रमा समाचार नलेख्ने गरेको बताए। आफूले एआइटीमा मास्टर गर्दा सेयर बजारको बारेमा धेरै बुझेको बताए।
क्षमता हुनेले व्यवसाय गर्न पाउनु पर्ने हमालको भनाइ छ। पहिलो पटक बजारमा फुल डिलर ल्याउन लागेको बताउँदै उनले लाइसेन्स दिँदा कसैसँग पनि चिया समेत नखाएको दाबी गरे।
इमान्दार भएर ५ वटा मापदण्डअनुसार लाइसेन्स दिँदा सरकारले ठूलो राजस्व पाएको पनि दाबी गरे।
यो पटक ३५ दिनभित्र ४३ वटा कम्पनीलाई लाइसेन्स दिएको र यसले बजारमा प्रतिस्पर्धा बढ्ने, लागत घट्ने उनले बताए।
ब्रोकरको बीचमा प्रतिस्पर्धा बढेपछि कमिशनको माथिल्लो दर तोक्ने र तल्लो दर खुला छोड्नु पर्ने बताए।
कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सापकोटाले सेयर बजारमा धेरै प्रगति गरेको बताए। प्रधानले सेयर बजार जुवा हो भनेर भन्न नहुने बताए।
पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने बताए। नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा कति करोडको खेल हो भन्ने देखिएको भन्दै त्यसमा ध्यान दिनु पर्ने बताए।
उनले नेपालमा पनि नयाँ स्टक आउने चर्चा चलेको बेला आर्थिक चलखेलमा भएको कुरा सबैलाई जानकारी भएको उल्लेख गरे।
कार्यक्रममा सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थिले पुस्तकमा ब्रोकरको फ्रि एक्जि, फ्रि इन्ट्रिको विषय, नयाँ स्टकको कुरा उल्लेख गरेको र नेपालमा पनि त्यो पूरा हुन खोज्दा खोज्दै रोकिएको बताए।
उपन्यासमा सेयर बजारमा लगानी गर्ने मान्छे परिस्थिति प्रतिकूल भएपछि विदेशिनु पर्ने बध्यता, बजारमा निरन्तर लागि परे एकदिन सफल हुने विषय सरल रुपमा समेटेको बताए।
अवस्थिले नेपालको विकासमा देखेको सपना, बजार विकासका लागि नयाँ स्टकका विषय, त्यसको आवश्यकताका रहेको बताए।
सापकोटाले १०/१२ वर्ष हराउँदा सेयर बजारका बारेमा जानकारी दिने गरी उपन्यास लिएर आएको बताए।
कार्यक्रममा उपन्यासका लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगान गरेपनि सूचनाको गलत प्रयोग गर्नु नहुने बताए।
उनले गैर आवासीय नेपालीलाई सेयर बजारमा पूरै खुला गर्न आग्रह गरे।
एनआरएनएले डलरमा गरेको लगानी रुपैयाँमा कन्भर्ट भएर पनि पैसा डलरमा लैजादा स्वीकृत लिनु पर्ने झन्झट हुने भन्दै यो झन्झट हटाउन माग गरे।
लगानी, नाफा फिर्ता लैजाने झन्झट हटाउने हो भने धेरै लगानी नेपाल भित्रने बताउँदै उनले सेयर बजार जुवाघर नभएको समेत जिकिर गरे।
'हामीले घर जग्गा, सुनलाई जति प्राथमिकता दिन्छौ त्यसरी सेयर बजारलाई दिइएको पाइएन।’ सेयर बजारले छोटो समयमा धेरै रोजगारी सृजना गर्छ र यसमा बोर्डले ध्यान दिन जरुरी छ।' उनले भने।
लेखक सापकोटाले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक आवश्यक रहेको बताउँदै पछि दुईवटा स्टक आवश्यक नभए मर्जरमा जान सकिने समेत औंल्याए।