राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीको सरुवा भएको छ।
मन्त्रिपरिषद बैठकले भण्डारीको गत २४ गते सरूवा गर्ने निर्णय गरेको थियो। करिब ४० महिना आयोगको सचिवको रुपमा काम गरेर भण्डारी सोमबार बिदा भए।
लामो समय आयोगमै बिताएका सचिव भण्डारी आगामी चैतमा सेवा निवृत्त हुँदैछन्।
सचिव भण्डारीको सरूवा भएपछि निमित्त सचिवको जिम्मेवारी आयोगका सहसचिव सुमन दाहालले पाएका छन्।
आयोग सरूवा भइसकेका डा. तोया ज्ञवाली भने आइसकेका छैनन्।