नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा नियुक्त भएकी छन्।
बिहीबार एक औपचारिक कार्यक्रममार्फत ट्युनिसियाका राजदूत हाएत तल्बी इपी बिलेलले नियुक्ति पत्र दिएकी हुन्।
कार्यक्रममा नव नियुक्त अवैतानिक दूत भवानी राणाले दुई पक्षिय पर्यटन प्रवर्द्धन र आर्थिक सामाजिक सम्बन्ध विस्तारमा आफूले काम गर्ने बताइन्।
'हामी हजार कोस टाढा भए पनि कूटनैतिक तवरले हामी दुई पक्षीय समृद्धि विस्तार गर्न सक्छौं' राणाल भनिन् 'ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएले पनि नेपाललाई युरोपतर्फ व्यापार विस्तार गर्न सहज हुनेछ।'
यसैगरी, नेपालका लागि ट्युनिसियाकी राजदूत इपी बिलेलले यो दुईपक्षीय सम्बन्धमार्फत नेपाल ट्युनिसियाको सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताइन्।