सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्याशित 'क्याप्चर द फ्लाग बुटक्याम्प २०२३' कार्यक्रम सम्पन्न गरेको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनु रहेको बताइएको छ।
यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू जस्तै ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीपहरू विकास गर्ने आवसर पाएका थिए।
दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा लगभग १५० सहभागीहरूले भाग लिने अपेक्षा कलेजले गरेकाे थियाे।
यस कार्यक्रममा सम्मानित अतिथि वक्ताहरू र ह्याक द बक्स मिटअप मेन्टरहरु शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेलको उपस्थिति रहेको थियो।
सल्लाहकारहरूले सहभागीहरूलाई प्रेरित साथसाथै सिटिएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीपहरूबारे मार्गदर्शन पनि प्रदान गरेका थिए।