दोस्रो विद्यालयस्तरीय पौडी प्रतियोगिता २०२३ सम्पन्न भएको छ। टुसाल मल्टी भेन्यूको आयोजनामा शुक्रबार उक्त प्रतियोगिता सम्पन्न भएको हो।
२५ मिटरको फ्रि स्टाइल पौडी प्रतियोगितामा महिला र पुरुष गरी कुल ३० विद्यालयबाट ९८ प्रतियोगीहरूले सहभागीता जनाएका थिए।
टुसाल मल्टि भेन्यूको आफ्नै पौडी पोखरीमा सञ्चलित पौडी प्रतियोगितमा पुरुष जुनियर र सिनियर, महिला जुनियर र सिनियर गरी जम्मा ४ विधामा प्रतियोगिताको आयोजना गरिएको थियो।
पुरुष जुनियरमा काठमाडौं वल्र्ड स्कुलका मायोन श्रेष्ठले १६/७९ सेकेन्डमा पोखरी पार गरी विजयी भएका छन् भने जेम्स स्कुलका रचित बुढाथोकी प्रथम रनर अप र साङकृत्य नेपाल सेकेन्ड रनरअप भएका छन्।
पुरुष सिनियरतर्फ काठमाडौं वल्र्ड स्कुलका कल्किन श्रेष्ठ १४/४८ सेकेन्डमा पोखरी पार गरी विजयी भएका छन् भने स्वस्तिश्री गुरुकुल स्कुलका आलज रञ्जित र करियर बिल्डिङ्ग इन्टरनेशनल एकेडेमीका सम्बन्ध श्रेष्ठले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्।
त्यस्तै, महिलातर्फ जुनियरमा स्वस्तिश्री गुरुकुल स्कुलकी अजला रञ्जित (१९/०४ सेकेन्ड) विजयी भएकी छिन् भने आर्या महर्जनले दोस्रो स्थान र मिल्सबेरी स्कुलकी निकोल तुलाधारले तेस्रो स्थान हाशिल गरेकी छिन्।
महिला सिनियरतर्फ काठमाडौं वल्र्ड स्कुलकी अनिया पिया (१९/३५ सेकेन्ड) ले विजयी भएकी छिन् भने इसानी देवी घोसाली फ्रस्ट रनरअप र सेन्ट जेभियरर्सकी साक्षी राना सेकेन्ड रनरअप भएकी छिन्।
पौडी प्रतियोगितामा बेस्ट प्लेयरका रुपमा सुरभ श्रेष्ठ र अनाया श्रेष्ठ सम्मानित भएका छन्।
प्रतियोगितामा विजेताहरूलाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा टुसाल मल्टि भेन्यूका अध्यक्ष विजय सापकोटा, प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, विशिष्ठ अतिथि नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्रचार्यको उपस्थिति थियो।
त्यस्तै, विशेष अतिथिहरूमा तारकेश्वर नगरपालिका–८ वडाध्यक्ष श्यामकृष्ण सापकोटा र वर्ल्ड अक्वाटिक टेक्निकल अफिसियल विष्णु खड्काको उपस्थिति रहेको थियो।