राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ।
आइएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो।
भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औं योजना तर्जुमाको विषयमा चासो राखेको थियो।
१६औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पिमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजी खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीहरूका विषयमा समेत छलफल भएको थियो।
छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आइएमएफको टोलीलाई धन्यवाद थिए।
जुलाइ २० मा नेपाल आएको आइएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छन्।
भेटघाटमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरू सहभागी थिए।