सफ्टवेरिका कलेजले “स्मार्ट टेक्नोलोजी“ सम्बन्धी प्रदर्शनी सम्पन्न गरेको छ।
राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्व लगायत १० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा काठमाडौंको डिल्लीबजारमा आयोजित ४ दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शनी जुलाई २७ देखि जुलाई ३० सम्म भएको थियो।
कार्यक्रमको मुख्य आकर्षण रोबोटको लडाकु 'रोबो वार' थियो जहाँ कार्यक्रमको अन्तिम दिन टोली 'भाइपर स्ट्राइक' ले रोबो वार जित्यो र 'काजाडोर' उपविजेता बनेको थियो।
विजेता टोलीले क्रमशः ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
कार्यक्रमको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन्।
कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिने कलेजको भनाइ छ।