एसोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल) को पाँचौ वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
कार्यक्रमको सुरूवात नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान सँगै पानसमा दिप प्रज्वलन गरी भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै एरी नेपालका अध्यक्ष महेश बाबु तिमल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिलाई अनुबन्धित गर्दै आफ्नो प्रस्तुति दिएका थिए।
प्रस्तुतिमा विश्व स्तरीय अस्ट्रेलियाली शैक्षिक प्रणाली र यसले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तनका बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा जुममार्फत जोडिँदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले पाँचौ वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना व्यक्त गरे।
अष्ट्रेलियन हाई कमिसन न्यू दिल्लीका मिनिस्टर काउन्सलर म्याथ्उ जोनस्टनले शैक्षिक उन्नति र द्विपक्षीय सम्बन्धका बारेमा प्रकाश पार्दै एरी नेपालको पाँचौ वार्षिक साधारण सभा र सम्मेलनको सफलताको कामना व्यक्त गरे।
अष्ट्रेलियाली शैक्षिक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा परेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरूका लागि मार्गनिर्देशन विषायक प्यानल डिस्कसन समेत आयोजना गरिएको थीयो।
प्यानल डिस्कसनको मोड्रेसन एरी नेपालका संस्थापक अध्यक्ष द्विराज शर्माले सञ्चालन गरेका थिए।
उक्त प्यानल डिस्कसनमा प्यानलिष्टको रूपमा उज्ज्वल श्रेष्ठ (पन्चाकन्या ग्रुपका कार्यकारी निर्देशक), समृद्धि ज्ञवाली (नेपाल रिपब्लिक मिडिया), अनन्त पौड्याल (आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक) र खेम लकाई (गेट कलेजका संस्थापक) हरूले आफ्नो धारण व्यक्त गरेका थिए।
छलफलमा विद्यार्थीहरूको उच्च शिक्षाका लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा गहिरो प्रभावका बारेमा छलफल गरिएको थियो।
कार्यक्रमका अतिथि वक्ता अनिल केशरी शाहले विश्वब्यापी शिक्षा र यसको विद्यार्थीहरूको व्यक्तित्व विकासमा पार्ने सकारात्मक परिवर्तनका बारेमा प्रकाश पारे।