माई सेकेन्ड टिचरले नेपालमा राष्ट्रिय परीक्षा बोर्डको लागि पाठ्यक्रम सहयोग गर्न उत्कृष्ट डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) सँग साझेदारी गरेको घोषणा गरेको छ।
चैत २१ गते एसपिए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कूलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो जसको उपस्थिति ५० देशहरूमा छ जसमा क्याम्ब्रिज विद्यालय सहित ९ हजार बढी विद्यालयहरूमा विश्वव्यापी रूपमा उपयोग भइरहेको छ।
माई सेकेन्ड टिचरले नेपाल पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमहरू ३५ सयभन्दा बढी भिडियोहरूमा पङ्क्तिबद्ध गरेको छ जसको प्रयोगबाट विद्यार्थीहरूले उनीहरूको अध्ययन तथा परीक्षामा राम्रो गर्न मद्दत गर्ने बताइएको छ।
विद्यार्थीहरूले माई सेकेन्ड टिचरको अन्तर्क्रियात्मक भिडियोहरू, निदान रिपोर्टहरू, परीक्षण पत्रहरू र अन्य उपकरणहरूको मद्दतले आफ्नो प्रगति र अध्ययनलाई सफलतापूर्वक मापन गर्न सक्छन्।