बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले सञ्चालनमा ल्याएको आरजु राइस मिलको प्रिमियम एक्स्ट्रा लङग्रेन चामल बजारमा आएको छ।
शुक्रबार मिलका कार्यकारी अध्यक्षसमेत रहेका बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामल बिक्रीका लागि बजारमा ल्याइएको घोषणा गरेका हुन्।
कार्यक्रममको शुभारम्भ गर्दै बस्नेतले विदेशबाट आयातित चामलको दाजोमा लङग्रेन चालम सस्तो रहेको दाबी गरे।
'हामीले धेरै मेहनत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आम उपभोक्तामाझ पुर्याएका छौं। साथै यो चामलको मूल्य विदेशी चामलको दाँजोमा निकै सस्तो पनि छ,' उनले भने।
आरजु राइस मिलले पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका किसानहरूसँग धान खरिद गरेर चामल उत्पादन गर्दै आएको छ। मिलले किसानहरूबाट धान खरिद गर्दा चलनचल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी रकम किसान दिइँदै आएको जनाएको छ।
बस्नेतले झन्डै ५० करोड लगानीमा मोरङको बेलबारीमा आफ्ना छोरीको नाममा आरजु राइस मिल सञ्चालन गरेका हुन्।