इस्लिङ्टन कलेजले 'एएए' छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक शत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।
एकेडेमिक (प्राज्ञिकता), एटेन्डेन्स (उपस्थिति र हाजिरी) र एटिट्युड (आचरण) लाई एकै शुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्तिमार्फत् विद्यार्थीहरूलाई शैक्षिक शत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु हो।
यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रक्रिया पनि निकै चुनौतीपूर्ण रहेको कलेजको भनाइ छ।
अन्त्यमा लगभग ४ करोड ५० लाख पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए।
यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने राम्रो अवसर बन्न सफल भएको कलेजले बताएको छ।
यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो जसले गर्द उनीहरूको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्छ।