अनलाइन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने एप नेपालमै पहिलो पटक आएको छ।
एम्बिसन गुरु नेपाल प्रालिले ल्याएको यो एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीले एपमा कति समय बसेर पढिरहेका छन्, उनीहरूले पढाइमा कति प्रगति भइरहेको छ, विद्यार्थीले कतिवटा लाइभ क्लास लिए कति वटा छुटाए, कुन–कुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सक्नेछन्।
परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न पाउनेछन्।
कुन-कुन विषयमा अझ मिहेनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एआई प्रविधिले गाईड गर्नेछ। यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सकिनेछ।
आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने बाध्यात्कम अवस्थामा रहेका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीको विश्वास छ।
इ–लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा एप डाउनलोड गर्नेको संख्या एक लाखभन्दा बढी पुगेको छ।
नेपालकै उत्कृष्ट गुरूहरूबाट एसइइ, +२, साइन्स, मेनेजमेन्टका ब्याचलर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाट गराउने बताइएको छ।
लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरबन्दीका लागि खुलेका आवेदनको तयारी कक्षा एम्बिसन गुरुले सञ्चालन गरिरहेको छ।